सर्लाही – रौतहटको चन्द्रपुर नगरपालिका – २ जुडिबेला बनटोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
शनिबार दिउँसो करिब १ बजे आफ्नै घरमा मोटर चलाएर नुहाउने क्रममा करेन्ट लाग्दा स्थानीय धनबहादुर बन्जन तामाङका ३३ वर्षीय छोरा मानबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीयबाट घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चपुरबाट प्रहरी निरीक्षक दिनेश थापाको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। टोलीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि चन्द्रपुर सरकारी अस्पताल, चपुर पठाएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार मोटर चलाएर नुहाउने क्रममा करेन्ट लागेका कारण उनको ज्यान गएको देखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।





