पर्सामा लागुऔषधसहित दुई जना पक्राउ, होटलबाट ट्याब्लेट र सिरप बरामद

२०८३ श्रावण १०, आईतवार २१:०६

सर्लाही – पर्सा प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका – १६ स्थित रजतजयन्ती चोकको जय नेपाल होटलमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी इनरुवा र लागुऔषध नियन्त्रण ब्युरो पर्साबाट खटिएको संयुक्त टोलीले होटलको कोठा नम्बर ११८ मा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा एनआईटीसी–१० लेखिएको २०० वटा ट्याब्लेट तथा ओएनआरइएक्स लेखिएको १०० मिलिग्राम क्षमताका दुई बोतल लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

यस प्रकरणमा संलग्न रहेको आरोपमा चितवनको रत्ननगर नगरपालिका–६ निवासी ५२ वर्षीय उत्तमकुमार पाठक र वीरगञ्ज महानगरपालिका – २ निवासी ३५ वर्षीय ओसिम ठकुराईलाई पक्राउ गरिएको छ। उनीहरूविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार