आज साउनको दोस्रो सोमबार

२०८३ श्रावण ११, सोमबार ०७:५०

सर्लाही – आज साउन महिनाको दोस्रो सोमबार शिवको पूजा आराधना गरी मनाउँदैछन् ।

हिन्दू धर्मावलम्बीहरुका लागि वर्षकै पवित्र दिनको रूपमा लिइने दोस्रो साउने सोमबारमा शिवको पूजा आराधना गर्ने गर्दछन् ।

साउन महिनाको सोमबार भगवान् शिवको विशेष पूजा आराधना गर्ने परम्परा छ । यस दिन नदी तथा तलाउमा गई स्नान गर्ने र शिवलिङ्ग तथा शिव मन्दिरमा जल तथा बेलपत्र चढाउने प्रचलन छ ।

साउन महिनाको सोमबार शिवको व्रत तथा पूजा गर्दा विशेष फलदायी हुने जनविश्वास छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार