१० हजार घुससहित वडासचिव रंगेहात पक्राउ

२०८३ श्रावण ११, सोमबार १९:१०

सर्लाही – झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका–१ मा कार्यरत वडासचिव अजय कुमार साह १० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने क्रममा सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा उनीविरुद्ध निगरानी गरिएको थियो।

विशेष सूचना तथा उजुरीका आधारमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले साहलाई सोही वडास्थित एक स्थानीय होटलबाट सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो।

आयोगले प्रमाणपत्र जारी गर्ने कार्यमा सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिँदै घुस मागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ।

पक्राउ परेका वडासचिव साहलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार