मलंगवा – सुनसरीको देवानगञ्ज गाउँपालिका – ३, कप्तानगञ्जमा भएको घटनाको विरोधमा सर्लाहीको सदरमुकाम मलङ्वामा पनि प्रदर्शन गरिएको छ।
सोमबार साँझ करिब ६ बजे नगरपालिका चौकबाट सुरु भएको शान्तिपूर्ण प्रदर्शन जिल्ला विकास समितिको चौकसम्म पुगेको थियो। प्रदर्शनमा सहभागीहरूले सुनसरी घटनामा संलग्न दोषीमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने माग राख्दै विभिन्न नाराबाजी गरेका थिए।

आइतबार कप्तानगञ्जमा दुई समुदायबीच भएको विवाद नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए। उक्त घटनाको विरोधमा आज मधेशका विभिन्न जिल्लामा प्रदर्शन गरिएको थियो। सोहि क्रममा सर्लाहीमा पनि विरोध प्रदर्शन गरिएको हो।
प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भएको छ।





