मलंगवा – सर्लाहीको रामनगर गाउँपालिका–४ बहुअर्वामा घाँस काट्ने क्रममा रुखबाट लडेर एक पुरुष गम्भीर घाइते भएका छन्। मंगलबार दिउँसो करिब १ः३० बजे स्थानीय ५६ वर्षीय उमेश सिंह आफ्नै घरअगाडि रहेको रुखमा चढेर घाँस काट्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका हुन्।
घटनापछि उनलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित एनएमसी अस्पताल लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि अवस्था गम्भीर देखिएकाले बुधबार राति करिब १२ः३० बजे थप उपचारका लागि काठमाडौंस्थित टिचिङ अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइते सिंहको दुवै हात र दुवै खुट्टामा गम्भीर चोट लागेको छ। उनको उपचार जारी रहेको छ। घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी पोस्ट बहुअर्वाबाट प्रहरीको टोली खटिएको थियो। टोलीले घटनाबारे आवश्यक अनुसन्धान तथा विवरण संकलन गरेको प्रहरीले जनाएको छ।





