धनुषामा एक जना पुरुषको हत्या

२०८३ श्रावण १५, शुक्रबार ०९:५२
सांकेतिक तस्बिर

सर्लाही – धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरमा एक व्यक्तिको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।

हँसपुर नगरपालिका–३ मलहनिया स्थायी घर भएका करिब ४५ वर्षीय बन्ठु राउत गडेरीको हत्या भएको प्रहरीले जनाएको छ। उनी पछिल्लो समय रघुनाथपुरस्थित हनुमान मन्दिरमा राति बस्दै आएका थिए।

प्रहरीका अनुसार गएराति अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गर्दा गडेरीको मृत्यु भएको हो। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो।

हत्या कसले र किन गरेको हो भन्ने विषय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा आवश्यक प्रमाण संकलनको काम भइरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार