सर्लाहीमा तीन फरार प्रतिवादी पक्राउ

२०८३ श्रावण १८, सोमबार २०:४९
File image

मलंगवा – जिल्ला प्रहरी कार्यालय सर्लाहीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ परेकामध्ये एक जना बैंकिङ कसुर, एक जना कुटपिट अंगभंग तथा एक जना लागूऔषध मुद्दाका फरार प्रतिवादी हुन्। उनीहरूलाई जिल्ला अदालत सर्लाहीले विभिन्न मितिमा दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको थियो।

पक्राउ परेका प्रतिवादीमध्ये बैंकिङ कसुर मुद्दाका एक जनालाई ४ दिन कैद र १ लाख रुपैयाँ जरिवाना, कुटपिट अंगभंग मुद्दाका एक जनालाई ४ वर्ष कैद तथा लागूऔषध मुद्दाका एक जनालाई १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला भएको प्रहरीले जनाएको छ।

तीनै प्रतिवादीलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत सर्लाहीमा उपस्थित गराएको जनाएको छ। प्रहरीले अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइने जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार