सर्लाही – नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत बिरेन्द्र तामाङ एक लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग माग गरेको घुस रकम लिइसकेको अवस्थामा तामाङलाई काठमाडौंको बालाजु क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तामाङले भुक्तानी हुनुपर्ने रकमको कमिसनका विषयमा सेवाग्राहीसँग मोलमोलाइ गर्दै घुस मागेको आरोप छ। सोही रकम बुझिसकेको अवस्थामा आयोगको टोलीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका तामाङमाथि घुस रिसवत तथा भ्रष्टाचारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। विशेष अदालतको आदेशअनुसार म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।





