सर्लाहीमा करेन्ट लागेर एक बृद्वाको मृत्यु

२०८३ श्रावण २०, बुधबार २१:२०
सांकेतिक तस्बिर

लालबन्दी – सर्लाहीमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ ।

जिल्लाको बागमती नगरपालिका – ८ कल्याणपुर टोल निवासी मुनीलाल महतोका छोरा राजकुमार महतोको घरमा शिवचर्चा पूजा भइरहेको समयमा माइकबाट करेन्ट लाग्दा बागमती नगरपालिका – १० शंकरपुर टोल निवासी करिब ६५ वर्षीया मानकी देवी घाइते भएकी थिइन् ।

आज दिउँसो मानकी देवीलाई करेन्ट लागेपछि उपचारका लागि नगर अस्पताल बरहथवा लगिएको थियो । उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीले मृतकको शवको कानुनी प्रक्रिया तथा आवश्यक मुचुल्का पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार