काठमाडौं – नेपालका विभिन्न सीमा नाकामार्फत कम्तीमा ५२६ जना रोहिंग्या शरणार्थी नेपाल प्रवेश गरेको तथ्य नेपाल प्रहरीको अनुसन्धानबाट खुलेको छ।
प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले अनुसन्धानका क्रममा ५२६ जना रोहिंग्या नेपालमा रहेको पुष्टि भएको जानकारी दिए।

यसअघि पनि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले रोहिंग्या नागरिक नेपाल प्रवेश गरेको विषयमा सुरक्षा निकायले अनुसन्धान गरिरहेको बताएका थिए।
प्रहरीका अनुसार नेपालमा रहेका रोहिंग्यामध्ये १६२ जना पुरुष, १४८ जना महिला तथा २१६ जना बालबालिका छन्। उनीहरू मुख्यतः काठमाडौंको कपन, राममन्दिर क्षेत्र तथा ललितपुरको सुनाकोठी आसपास बसोबास गरिरहेको प्रहरीले जनाएको छ।





