किराले टोकेपछि बिरामी परेका सर्लाहीका ३५ वर्षीय महतोको उपचारका क्रममा मृत्यु

२०८३ श्रावण २५, सोमबार ११:५६
सांकेतिक तस्बिर

मलंगवा – सर्लाहीमा नाम नखुलेको किराले टोकेपछि बिरामी परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। जिल्लाको बरहथवा नगरपालिका – ९, मुर्तियाका अन्दाजी ३५ वर्षीय रामपृत महतोको उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार आइतबार दिउँसो करिब १२ः३० बजे आफ्नै घरमा बसिरहेका बेला महतोलाई नाम नखुलेको किराले दाहिने खुट्टामा टोकेको थियो। किराले टोकेपछि बिरामी परेका उनलाई उपचारका लागि पर्साको वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो।

अस्पतालमा उपचारका क्रममा चिकित्सकले साँझ करिब ५ः३० बजे ईसीजी जाँच गरेपछि महतोको मृत्यु भएको घोषणा गरेका थिए। उनको शव सोही अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

यस घटनाबारे थप बुझ्ने तथा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार