सर्लाहीमा घरको भर्‍याङबाट लडेर १८ महिने बालकको मृत्यु

२०८३ श्रावण २६, मंगलवार ०९:३७

मलंगवा – सर्लाहीमा घरको भर्‍याङबाट लडेर एक १८ महिने बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार कबिलासी नगरपालिका – ४ हेम्पुर बस्ने धिरेन्द्र रायका छोरा १८ महिनाका गोपिचन राय घरको भर्‍याङबाट लडेर घाइते भएका थिए।

आईतबार साँझ करिब ५ बजे आफ्नै दुई तल्ले काठको घरको भर्‍याङबाट तल झर्ने क्रममा बालक भर्‍याङमुनि रहेको नालीमा लडेका थिए। लडेर घाइते भएका उनलाई तत्काल श्रीराम अस्पताल मलंगवामा लगिएको थियो।

त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि सोमबार साँझ करिब ७ः४५ बजे वीरगञ्जस्थित न्युरो अस्पताल लगिएको थियो। अस्पतालमा चेकजाँच तथा इसिजी गर्दा चिकित्सकले बालकलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

बालकको शव हाल सोही अस्पतालमा रहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार