सर्लाहीमा वायरिङ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

२०८३ श्रावण २६, मंगलवार २०:३९
सांकेतिक तस्बिर

मलंगवा – सर्लाहीमा आफ्नै नयाँ घरमा विद्युत् वायरिङ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चन्द्रनगर गाउँपालिका – ५, मोहनपुरका ३८ वर्षीय ईद महमद मन्सुर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मंगलबार साँझ करिब ५ः३० बजे मन्सुर आफ्नै नयाँ घरमा विद्युत्को वायरिङ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो।

अस्पतालमा उपचारकै क्रममा साँझ ६ः२५ बजे चिकित्सकले मन्सुरलाई मृत घोषणा गरेका थिए। उनको शव हाल प्रादेशिक अस्पताल मलंगवामै राखिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार