पोखरीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु

२०८३ श्रावण २७, बुधबार ०७:४२

सर्लाही – सिरहामा पोखरीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार सुखीपुर नगरपालिका – १ शिवनगरका ६५ वर्षीय परथमलाल पासवानको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो। घटना मंगलबार दिउँसो भएको प्रहरीले जनाएको छ।

स्थानीय पोखरीमा नुहाउने क्रममा डुबेका पासवानलाई उद्धार गरी उपचारका लागि लैजाने प्रयास गरिए पनि उनको मृत्यु भएको जनाइएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार