लालबकैया नदीमा डुबेर बेपत्ता तीन बालबालिकामध्ये दुई जनाको शव भेटियो, एक अझै बेपत्ता

२०८३ श्रावण २७, बुधबार ०९:३७

सर्लाही – रौतहटमा लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ। एक बालिका भने अझै बेपत्ता छन्।

मंगलबार दिउँसो देवाही गोनाही नगरपालिका – २, लक्ष्मिनियाका तीन बालबालिका नदीमा नुहाउन गएका थिए। सोही क्रममा १० वर्षीय मोहमद रहमतुल्लाह, १० वर्षीया सवनम खातुन र अर्की एक बालिका नदीमा डुबेर बेपत्ता भएका थिए।

बेपत्ता भएकामध्ये रहमतुल्लाह र सवनमको शव स्थानीयले नदीमा तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरीले दुवै शव नदीबाट निकालेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीका अनुसार बेपत्ता रहेकी बालिकाको खोजी कार्य जारी छ। फेला परेका दुवै शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार