सर्लाही – सामाजिक सञ्जालमार्फत आपत्तिजनक तथा अभद्र भाषा प्रयोग गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रविन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले यादवलाई मंगलबार साँझ करिब ७ बजे अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ। स्थानीय सागर यादवलाई लक्षित गरी सामाजिक सञ्जालमा गालीगलौज तथा आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सामाजिक सञ्जालमा गरिएको अभद्र व्यवहारसम्बन्धी उजुरीमाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ।





