सर्लाहीमा विभिन्न मुद्दाका ९ फरार प्रतिवादी पक्राउ

२०८३ श्रावण २८, बिहीबार २०:०९

मलंगवा – सर्लाही प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ९ जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मलंगवा तथा मातहतका प्रहरी टोलीले अदालतबाट दण्ड सजाय तोकिएका र वारदातपछि फरार रहेका व्यक्तिहरूको खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दाका १ जना, आत्महत्या दुरुत्साहनसम्बन्धी कसूरका ४ जना, कुटपिट तथा अंगभंगसम्बन्धी मुद्दाका २ जना, ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दाका १ जना र लागूऔषधसम्बन्धी मुद्दाका १ जना रहेका छन्।

पक्राउ परेका उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी सर्लाही जिल्ला अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले अदालतबाट सजाय तोकिएर फरार रहेका प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार