धनुषामा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु

२०८३ श्रावण २८, बिहीबार २०:४४
सांकेतिक तस्बिर

सर्लाही – धनुषामा खेतमा मोटरमार्फत पानी लगाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। जिल्लाको नगराइन नगरपालिका – ८ खिरखिरियाका २५ वर्षीय सितेशकुमार दासको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीका अनुसार बिहीबार साँझ करिब ५:४० बजे खेतमा मोटर चलाएर पानी लगाउने क्रममा अचानक करेन्ट लाग्दा दास घाइते भएका थिए। घटनापछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो।

तर, अस्पताल पुर्‍याएपछि चिकित्सकले साँझ ६:०५ बजे उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार