मलंगवा – सर्लाहीमा विद्युतबाट पानी तान्न प्रयोग हुने कृषि मोटर चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रनगर गाउँपालिका–६ कामद टोलका २० वर्षीय शिव दयाल मुखिया र १९ वर्षीय सजीवन मुखिया रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मंगलबार चन्द्रनगर गाउँपालिका – ४ पोखरियास्थित जडान गरिएको एक थान तथा वडा नम्बर ६ कामदस्थित जडान गरिएको दुई थान गरी तिनवटा कृषि मोटर चोरी भएको थियो।

मोटर चोरी भएको सूचनापछि प्रहरीले खोजतलास गर्ने क्रममा दुवै जनालाई शुक्रबार नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट चोरी गरिएका कृषि मोटरसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध चोरीसम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालत मलंगवाबाट छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।





