आज नाग पञ्चमी पर्व मनाइँदै

२०८३ भाद्र १, सोमबार ०८:०७

सर्लाही – नागपञ्चमी पर्व आज नागको पूजाअर्चना गरी मनाइँदै छ ।

घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाउने परम्परा रहेको छ ।

आज बिहानै सबेरै उठी स्नान गरी दियो, कलश र गणेशको पूजा गरेपछि घरको ढोकामा गाईको गोबर प्रयोग गरी नागको चित्र टाँस्ने गरिन्छ ।

नागको मानचित्रमा दही, दुबो, कुश, सिन्दूर र चन्दन अर्पण गरी पूजा गर्नाले वर्षभरि घरमा सर्प, बिच्छी जस्ता विषालु जीवको भय नहुने धार्मिक विश्वास छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार