सिराहामा ब्राउन सुगरसहित तीन युवक पक्राउ

२०८३ भाद्र ७, आईतवार ०८:२५
साङ्केतिक तस्बिर

सर्लाही – सिराहा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जना युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार शनिबार राति गोलबजार नगरपालिका–३ स्थित विकास होटल अगाडि मोटरसाइकलमा सवार उनीहरूलाई शंकास्पद अवस्थामा चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको हो।

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–८ का १९ वर्षीय दिपककुमार यादव, वडा नम्बर–७ का २० वर्षीय आशिक महतो र वडा नम्बर–६ का १८ वर्षीय राजेशकुमार दास रहेका छन्।

प्रहरीका अनुसार उनीहरू मधेस प्रदेश ०१–००५ प २४९३ नम्बरको मोटरसाइकलमा कसहाबाट गोलबजारतर्फ आउँदै थिए। चेकजाँचका क्रममा उनीहरूको साथबाट ११.६२ मिलिग्राम ब्राउन सुगर र नगद २ हजार ९ सय २० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार पक्राउ परेका तीनै जनालाई मोटरसाइकलसहित थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार