सप्तरीमा दुई वर्षीया बालिका मृत फेला, सौतेनी आमा पक्राउ

२०८३ भाद्र ७, आईतवार १४:२०

सर्लाही – सप्तरीमा दुई वर्षीया बालिका घरपछाडिको झाडीमा मृत अवस्थामा फेला परेकी छन्।

बारामा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको चार दिन नबित्दै सप्तरीमा पनि बालिका हत्याको घटना सार्वजनिक भएको हो। शम्भुनाथ नगरपालिका–३ ट्राफिक चोकका मोहम्मद इरफानकी दुई वर्षीया छोरी आफ्नै घरपछाडिको झाडीमा मृत फेला परेकी प्रहरीले जनाएको छ।

स्थानीय जनप्रतिनिधिका अनुसार बालिकाको हत्या आफूले गरेको उनको सौतेनी आमाले स्वीकारेकी छन्। घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। मृत बालिकाको शव परीक्षणका लागि अस्पताल पठाइएको छ। घटनाको कारण र हत्याको वास्तविक परिस्थिति खुलाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार