सर्लाहीमा झण्डै पाँच किलो गाँजासहित एक युवक पक्राउ

२०८३ भाद्र ७, आईतवार १७:०७
साङ्केतिक तस्बिर

मलंगवा – सर्लाहीमा प्रहरीले झण्डै पाँच किलो अवैध लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्लाको मलंगवा नगरपालिका – ५ भाडसरबाट प्रहरीले ४ सय ९३ ग्राम गाँजासहित कौडेना गाउँपालिका – २ इनर्वा टोलका २५ वर्षीय अमान मिकरानिललाई पक्राउ गरेको हो।

प्रहरी चौकी भाडसरबाट खटिएको टोलीले आइतबार बिहान मिकरानिललाई नियन्त्रणमा लिई जाँच गर्दा उनको साथबाट अवैध लागूऔषध गाँजा बरामद गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका मिकरानिलमाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार