सिरहामा खेत पटाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

२०८३ भाद्र ७, आईतवार २०:४६
सांकेतिक तस्बिर

सर्लाही – सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याही टोलमा खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय करिब ४५ वर्षीय मोइसा अंसारी रहेका छन्। आइतबार दिउँसो घरनजिकै रहेको आफ्नै खेतमा पानी पटाउने क्रममा मोटरको तार मिलाउँदै गर्दा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएका अंसारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। घटनापछि प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का लगायतका प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डीएसपी रमेशबहादुर पालले जानकारी दिए। प्रहरीका अनुसार अंसारीको शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका अस्पताल लगिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार