सर्लाही – सप्तरीमा दुई वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले उनकी कान्छी आमालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शम्भुनाथ नगरपालिका–२ घर भई हाल सोही नगरपालिका–३ मा बस्दै आएकी रुबिना खातुनकी दुई वर्षीया छोरीको भदौ ७ गते हत्या भएको थियो।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले बालिकाकी कान्छी आमा अन्दाजी २५ वर्षीया मुस्कान भनिने जास्मिन खातुनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सोधपुछका क्रममा जास्मिनले बालिकाको हत्या गरेको स्वीकार गरेकी छन्।
प्रहरीले उनलाई पक्राउ गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीले हत्या गर्नुको कारणलगायत घटनासँग सम्बन्धित अन्य पक्षबारे अनुसन्धान भइरहेको जनाएको छ।





