प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

२०८३ भाद्र १०, बुधबार ०७:५५
file image

सर्लाही – प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक बुधबार दिउँसो १ बजे बस्ने सिंहदरबारमा बस्ने भएको हो ।

आज बैठकमा प्रधानमन्त्री बालेन शाहले सांसदका प्रश्नको जवाफ दिने भएका छन् । प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१–८२ प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले नेपाल भारतबिच दीर्घकालीन विद्युत् व्यापार सम्बन्धी सम्झौता पेस गर्ने कार्यसूची रहेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार