पर्सामा ट्रयाक्टरले किचेर एक किशोरको मृत्यु

२०८३ भाद्र १०, बुधबार ०९:५३
file image

सर्लाही – पर्साको पटेर्वा सुगौली गाउँपालिका – १ स्थित दुधेश्वरनाथ महादेव मन्दिर नजिक ट्र्याक्टरको ठक्करबाट एक किशोरको मृत्यु भएको छ।

मृत्यु हुनेमा बाराको विश्रामपुर गाउँपालिका – ५ इटियाही टोलका १७ वर्षीय आकाश राम रहेका छन्। मंगलबार ट्र्याक्टरमा सवार रहेका राम अचानक खसेपछि सोही ट्र्याक्टरको चक्काले किचेको प्रहरीले जनाएको छ।

ट्र्याक्टरले किचेपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। दुर्घटनापछि ट्र्याक्टर चालक फरार भएका छन्।

प्रहरीले फरार चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार