सर्लाही – कलैया उपमहानगरपालिका–१४ स्थित लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१४ का ३३ वर्षीय सुजित पाण्डे रहेका छन्।
प्रहरीका अनुसार बिहीबार राति करिब १० बजे बघवनबाट कलैयातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०२८ प ७१९६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको थियो। दुर्घटनामा पाण्डे गम्भीर घाइते भएका थिए।

घाइते पाण्डेलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल, कलैया पुर्याइएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल रेफर गरिएको थियो।
तर, बयोधा अस्पताल पुर्याइएका पाण्डेलाई चिकित्सकले राति १०ः५० बजे मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिनुभयो।
मृतकको शव हाल बयोधा अस्पतालमै राखिएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घलेले बताउनुभयो।





