सर्लाहीमा लागूऔषध दुर्व्यसनीविरुद्ध प्रहरीको अभियान: २० जना नियन्त्रणमा

२०८३ भाद्र १४, आईतवार ११:०२

मलंगवा – सर्लाही प्रहरीले जिल्लाका विभिन्न स्थानमा लागूऔषध दुर्व्यसनीको पहिचान तथा खोजी अभियान तीव्र बनाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार अभियानका क्रममा २० जना लागूऔषध दुर्व्यसनीलाई पहिचान तथा नियन्त्रणमा लिइएको छ।

प्रहरीका अनुसार आईतबार प्रहरी चौकी गौरखाकालीबाट खटिएको टोलीले ११ जना पुरुष र १ जना महिला गरी १२ जना लागूऔषध दुर्व्यसनीलाई पहिचान गरी नियन्त्रणमा लिएको हो। त्यस्तै, प्रहरी चौकी त्रिभुवन नगरबाट ८ जना पुरुष लागूऔषध दुर्व्यसनीलाई पहिचान गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

यसैगरी विभिन्न मुद्दामा फरार रहेका २ जना लागूऔषध दुर्व्यसनीलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले लागूऔषधको प्रयोग तथा दुर्व्यसन नियन्त्रणका लागि जिल्लाका विभिन्न क्षेत्रमा खोजी तथा पहिचान अभियानलाई निरन्तरता दिइने जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार