सिन्धुली – १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार कमलामाई नगरपालिका – ४ ढुङग्रेवासस्थित २ नम्बर गेट नजिकै झोलुङ्गे पुलमुनि रहेको ग्वाङ खोलामा नुहाइरहेकी बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ परेका हुन्।

प्रहरी निरीक्षक उज्वल कार्कीका अनुसार घटना आइतबार दिउँसो करिब १२ बजेर ४५ मिनेटमा भएको हो। घटनालगत्तै प्रहरीले आरोपित युवकलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका युवकविरुद्ध घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।





