गोडैता – १२ का वडाध्यक्ष केशब कुमारद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

२०८३ भाद्र १४, आईतवार २१:५३

मलंगवा – सर्लाहीको गोडैता नगरपालिका – १२, मधुवनीका वडाध्यक्ष केशब कुमारले विपद्को समयमा राज्यको खोज, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन्।

विपद्का बेला प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राज्यलाई थप सहयोग पुगोस् भन्ने उद्देश्यले वडाध्यक्ष कुमारले व्यक्तिगत तर्फबाट उक्त कोषमा आर्थिक सहयोग गरेका हुन्।

५ हजार एक सय रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्दै उनले विपद्को समयमा सानो सहयोग गरेको जनाएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार