सर्लाही – भदौ १० गते आएको भोटेकोशी बाढीपछि रसुवास्थित २१६ मेगावाटको माथिल्लो त्रिशूली – १ जलविद्युत् आयोजनामा कार्यरत भारतीय नागरिक करण शर्मा सम्पर्कविहीन भएका छन्।
भारतको पोस्ट मलुकाही थाना कप्तानगंज जिल्ला कुशीनगर यूपीका करण बाढी आएपछि परिवार तथा आफन्तको सम्पर्कमा नआएको उनका बुवा राम आशिष शर्माले बताए। उपलब्ध विवरणअनुसार उनी आयोजनामा कार्यरत थिए।

बाढीपछि उनको मोबाइलमा समेत सम्पर्क हुन नसकेपछि परिवारले उनको अवस्थाबारे चिन्ता व्यक्त गर्दै खोजीका लागि सम्बन्धित निकायसँग आग्रह गरेको छ भने खोजीका लागि नेपाल आउन लागेको बताईएको छ।





