मलंगवा – सर्लाहीमा घाँस काट्ने क्रममा बारुलाले टोक्दा एक वृद्धाको मृत्यु भएको छ। जिल्लाको विष्णु गाउँपालिका – ३ मधुवनगोठकी ७६ वर्षीया रहनदेवी महतोको बारुलाको टोकाइबाट मृत्यु भएको हो।
प्रहरीका अनुसार आईतबार दिउँसो करिब ३ बजे खेतमा घाँस काट्ने क्रममा रहनदेवीलाई बारुलाले टोकेको थियो। बारुलाको टोकाइबाट घाइते भएकी उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो।

मलंगवामा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। उपचारका क्रममा सोही दिन राति करिब ८ः०५ बजे चिकित्सकले ईसीजी जाँच गर्दा उनको मृत्यु भएको पुष्टि गरेका थिए।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





