चोरीको मोटरसाइकलसहित सर्लाहीका युवक महोत्तरीमा पक्राउ

२०८३ भाद्र १५, सोमबार २१:४५

मलंगवा – सर्लाहीबाट चोरी भएको मोटरसाइकलसहित प्रहरीले एक युवकलाई महोत्तरीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा हरिपुर्वा नगरपालिका–१ का २० वर्षीय नितेश कुमार यादव रहेका छन्।

प्रहरीका अनुसार पर्सा गाउँपालिका–४ निवासी राजकुमार यादवले घर अगाडि पार्किङ गरेर राखेको बिआर ३० यु ५३७६ नम्बरको मोटरसाइकल चोरी भएको थियो। मोटरसाइकल चोरी भएको सूचना पाएलगत्तै प्रहरीले खोजी तथा अनुसन्धान अघि बढाएको थियो।

खोजी गर्ने क्रममा महोत्तरीको गौशाला नगरपालिका–७ स्थित मनहरवा टोल, मगरथानामा खटिएको प्रहरी टोलीले यादवलाई चोरीको मोटरसाइकलसहित फेला पारी नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वेद प्रसाद गौतमका अनुसार पक्राउ परेका यादवलाई आवश्यक कानुनी कारबाहीका लागि सर्लाही ल्याउने तयारी भइरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार