बारामा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

२०८३ भाद्र १७, बुधबार १७:५५
सांकेतिक तस्बिर

सर्लाही – बारामा तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित ढुङ्ग्रे पुल नजिक बुधबार दिउँसो दुर्घटना भएको हो।

दुर्घटनामा बा.प्र.०६–००८ प ३२३० नम्बरको मोटरसाइकल चालक चितवनको भरतपुर महानगरपालिका–१४ का ४६ वर्षीय रन्जन शर्मा गम्भीर घाइते भएका थिए। उनको एलएस न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सडकमा बा.प्र.०६–००८ प ३२३०, ग १४ प २४१ र ग १६ प ५७८१ नम्बरका तीन मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा अन्य दुई मोटरसाइकलका चालकसमेत घाइते भएका छन्। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार