चार दिनदेखि बेपत्ता १० वर्षीया बालिका मनुष्मारा खोलामा मृत फेला

२०८३ भाद्र १७, बुधबार २०:५६

मलंगवा – धनकौल गाउँपालिका–३ हरकठवाबाट चार दिनदेखि बेपत्ता रहेकी १० वर्षीया बालिका चाँदकुमारी यादव मृत अवस्थामा फेला परेकी छन्।

हरकठवाका रामबिनय यादवकी छोरी चाँदकुमारी गत आइतबारदेखि सम्पर्कविहीन भएकी थिइन्। बालिकाको खोजीका लागि इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी गोपिकृष्ण सुवेदीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो।

खोजीका क्रममा बुधबार साँझ करिब साढे ४ बजे धनकौल गाउँपालिका – ४ स्थित मनुष्मारा खोलामा बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरी टोलीसँगै बालिकाका आफन्तसमेत खोजीमा संलग्न थिए। परिवारका अनुसार शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको छ।

यो पनि पढ्नुहोस:
धनकौलबाट १० वर्षीया बालिका बेपत्ता, खोजीमा जुट्यो प्रहरी

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार