मलंगवा – भोटेकोशी क्षेत्रमा आएको बाढीपछि सर्लाहीका एक युवा सम्पर्कविहीन भएका छन्।
सर्लाहीको हरिपुर नगरपालिका – ७, चिताइन निवासी २२ वर्षीय अनुजकुमार मिर्दाहा बाढीपछि सम्पर्कविहीन भएका हुन्। उनी रसुवा क्षेत्रमा चिनियाँ कम्पनी पिङगाओ ग्रुपमा कार्यरत रहेको परिवारले बताएको छ।

बाढी आएको समयदेखि अनुज परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि उनको अवस्थाबारे परिवारजन चिन्तित भएका छन्। परिवारले अनुजको अवस्थाबारे जानकारी पाउने आशा गर्दै खोजी तथा उद्धारमा सहयोग गरिदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।





