सर्लाही – नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, इटहरीमा कार्यरत इन्जिनियर कृष्णनारायण यादव ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवलाई सेवाग्राहीबाट विद्युत् लाइन जडानका लागि सहजीकरण गरिदिने भन्दै ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।

घुस रकमसहित पक्राउ परेका यादवमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको जनाएको छ।





