मलंगवा – सर्लाहीमा करेन्ट लागेर एक बृद्वाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको विष्णु गाउँपालिका – २ पकडीटोल निवासी रामचन्द्र ठाकुरकी श्रीमती अन्दाजी ६० वर्षीया कृष्णामती देवी रहेकी छन्।
प्रहरीका अनुसार आईतबार बिहान करिब ११ः४० बजेको समयमा आफ्नै धान खेतमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा मोटरको नाङ्गो तारमा अचानक उनको पैताला पर्न गएको थियो। नाङ्गो तारमा पैताला परेपछि करेन्ट लागेर उनी घाइते भएकी थिइन्।

करेन्ट लागेर घाइते भएकी कृष्णामतीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवामा लगिएको थियो। अस्पतालमा दिउँसो १२ः३३ बजे ईसीजी परीक्षण गर्दा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान तथा आवश्यक सोधपुछ गरिरहेको जनाएको छ।





