सर्लाही – काठमाडौँको चोभारस्थित बागमती नदीमा राधा–कृष्णको मूर्ति विसर्जन गर्न गएका सर्लाहीका एक किशोर नदीमा खसेर बेपत्ता भएका छन्। सर्लाहीका करिब १६/१७ वर्षीय बबी मेहता राधा–कृष्णको मूर्ति विसर्जन गर्ने क्रममा चोभार पुलभन्दा तल बागमती नदीमा चिप्लिएर खसेका हुन्।
प्रहरीका अनुसार कृष्ण जन्माष्टमीको अवसरमा पूजा गरिएको राधा–कृष्णको मूर्ति विसर्जन गर्न नदी किनारमा पुगेका मेहता अचानक चिप्लिएर नदीमा खसेका थिए। नदीमा खसेलगत्तै उनी पानीको तीव्र बहावमा परेर बेपत्ता भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरी टोलीले तत्कालै खोजी तथा उद्धार सुरु गरेको छ।

प्रहरीका अनुसार बेपत्ता किशोरको खोजीका लागि सर्च अपरेसन तीव्र पारिएको छ। नदीको बहाव तथा घटनास्थलको अवस्थालाई ध्यानमा राख्दै सम्भावित क्षेत्रमा खोजी भइरहेको प्रहरीले जनाएको छ। हालसम्म बेपत्ता किशोरको अवस्था पत्ता लाग्न सकेको छैन।





