मलंगवा – सर्लाही प्रहरीले जिल्लाका विभिन्न स्थानमा लागूऔषध दुर्व्यसनीको खोजी तथा पहिचान अभियानलाई तीव्रता दिएको छ।
अभियानका क्रममा प्रहरीले आइतबार ८ जना लागूऔषध दुर्व्यसनीलाई पहिचान गरी नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाही, प्रहरी चौकी गोरखकाली, प्रहरी चौकी त्रिभुवननगर र प्रहरी चौकी परसाको संयुक्त प्रयासमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

जिल्लाका विभिन्न स्थानमा लागूऔषध दुर्व्यसनीहरूको खोजी तथा पहिचान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी चौकी गोरखकालीबाट ५ जना तथा प्रहरी चौकी त्रिभुवननगर र प्रहरी चौकी परसाबाट ३ जना गरी जम्मा ८ जना लागूऔषध दुर्व्यसनीलाई पहिचान गरी नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। प्रहरीले उनीहरू लागूऔषधको प्रयोगमा संलग्न रहेको पहिचान भएपछि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको हो।





