प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८३ भाद्र ३०, मंगलवार ०७:४९
file image

सर्लाही – प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएको हो ।

आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्मिलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार