सर्लाहीको गोडैतामा मोटरसाइकल दुर्घटना हुँदा बृद्वाको मृत्यु

२०८३ भाद्र ३०, मंगलवार १९:२३
सांकेतिक तस्बिर

मलंगवा – सर्लाहीको गोडैता नगरपालिका – ५ रामवनमा मोटरसाइकल दुर्घटना हुँदा एक बृद्वाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो करिब १ बजे बरहथवाबाट रामवनतर्फ जाँदै गरेको प्रदेश २–०३–००१७ प ७१३५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई भित्री सडकखण्डमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गोडैता नगरपालिका – ५ रामवन बस्ने सोनेलाल महतोकी करिब ६५ वर्षीया श्रीमती शान्ती देवी घाइते भएकी थिइन् । उनलाई उपचारका लागि वीरगन्जस्थित ब्योधा अस्पताल लगिएको थियो ।

अस्पतालमा इसिजी परीक्षण गर्दा चिकित्सकले दिउँसो ३ः५८ बजे उनलाई मृत घोषणा गरेका थिए । मोटरसाइकल चालक बलरा नगरपालिका – ५ भगवतिपुर घर भई हाल बरहथवा नगरपालिका – ७ बस्दै आएका ४० वर्षीय गुड्डु सिंहको भने उपचार भइरहेको जनाइएको छ ।

घटनाबारे साँझ ५ः३६ बजे इलाका प्रहरी कार्यालय हरकठवालाई जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल तथा घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार