सर्लाही – पर्सामा मोटरसाइकलको ट्यांकीभित्र फल्स बटम बनाएर लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा ९ किलो ५०० ग्राम लागूऔषध चरेससहित एक जना पक्राउ परेका छन्।
बुधबार सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर अलौबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१७, अलौस्थित सडकखण्डमा भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई जाँच गर्ने क्रममा चरेस फेला पारेको हो।

जाँचका क्रममा मोटरसाइकलको ट्यांकीभित्र फल्स बटम बनाई लुकाएर ल्याइएको ९ किलो ५०० ग्राम चरेस बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रहरी टोलीले चरेससँगै एक थान मोबाइल र प्रयोग गरिएको मोटरसाइकलसमेत बरामद गरेको छ। घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।





