आज विश्वकर्मा पूजा मनाइँदै

२०८३ आश्विन १, बिहीबार ०७:०७

सर्लाही – आज विश्वकर्मा पूजा मनाइँदै छ ।

आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाउने गरिन्छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाउँने गरिन्छ ।

आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार