सर्लाहीमा यात्रुबाहक बसबाट २ लाख २५ हजार रुपैयाँ बराबरको पटका बरामद

२०८३ आश्विन १, बिहीबार १६:१९

मलंगवा – सर्लाहीमा सशस्त्र प्रहरीले यात्रुबाहक बसबाट लुकाइछिपाई ल्याउँदै गरेको पटका बरामद गरेको छ।

बिहीबार सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको चेकप्वाइन्ट टोलीले हरिवन नगरपालिका–११ स्थित पूर्व–पश्चिम लोकमार्गमा सवारीसाधन चेकजाँच गर्ने क्रममा पटका बरामद गरेको हो।

चेकजाँचका क्रममा नवलपुरबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बसमा लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा अन्दाजी २ लाख २५ हजार रुपैयाँ बराबरको पटका फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको पटका आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण तथा पटका ल्याउने व्यक्तिको पहिचान सम्बन्धमा अनुसन्धान भइरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार