५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा ६५ वर्षीय पुरुष पक्राउ

२०८३ आश्विन २, शुक्रबार ०८:४६
सांकेतिक तस्बिर

सर्लाही – बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका – १९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले ६५ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ।

बालिकामाथि पटक पटक बलात्कार गरेको आरोपमा प्रहरीले सोही गाउँका करिब ६५ वर्षीय असम्जान मियाँलाई पक्राउ गरेको हो। पक्राउ परेका मियाँलाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखेर घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

आरोपीलाई पक्राउ गरी प्रहरी चौकीमा ल्याएपछि आक्रोशित स्थानीयले राति प्रहरी चौकी घेराउ गरेका थिए। स्थानीयले आरोपीमाथि कडा कानुनी कारबाहीको माग गर्दै प्रदर्शन गर्नुका साथै आरोपीलाई आफ्नो जिम्मा लगाउनुपर्ने मागसमेत गरेका थिए।

राति करिब ९ः२० बजेपछि प्रहरी चौकी आसपासको अवस्था तनावपूर्ण बनेको थियो। प्रहरीले भने आरोपीलाई नियन्त्रणमै राखेर घटनाको कानुनी प्रक्रियाअनुसार अनुसन्धान भइरहेको जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार