मूर्ति विसर्जन गर्ने क्रममा पोखरीमा डुबेर १५ वर्षीय बालकको मृत्यु

२०८३ आश्विन ३, शनिबार १०:०८

सर्लाही – महोत्तरीको जलेश्वरमा गणेशको मूर्ति विसर्जन गर्ने क्रममा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–१० का इन्दल यादवका १५ वर्षीय छोरा लव यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार शुक्रबार राति करिब ८ः३० बजे जलेश्वर–१० स्थित सारीको पोखरीमा गणेशको मूर्ति विसर्जन गर्ने क्रममा लव डुबेका थिए । मूर्ति विसर्जनका क्रममा पोखरीमा डुबेपछि उनलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर पुर्‍याइएको थियो ।

तर अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनापछि मृतक बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमै राखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार