सरस्वती अमरेश बबुनन्दन सिंह माविका विद्यार्थीलाई विद्यालय पोशाक वितरण

२०८३ आश्विन ३, शनिबार १६:५८

मलंगवा – संविधान दिवसको अवसरमा सर्लाहीको बलरा नगरपालिका – ५ अर्नाहास्थित श्री सरस्वती अमरेश बबुनन्दन सिंह माध्यमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक वितरण सुरु गरिएको छ।

प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहको पहलमा विद्यालयका बालकक्षादेखि कक्षा १० सम्म अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई विद्यालय पोशाक बितरण गरिएको हो। विद्यालयका प्रधानाध्यापक जयप्रकाश नारायण सिंहका अनुसार पोशाक वितरण आज औपचारिक कार्यक्रम गरेर सुरु गरिएको हो।

आज केही विद्यार्थीलाई पोशाक वितरण गरिएको र बाँकी विद्यार्थीलाई आगामी सोमबार वितरण गरिनेछ। विद्यालयमा अध्ययनरत बालकक्षादेखि कक्षा १० सम्मका सबै विद्यार्थीलाई पोशाक उपलब्ध गराउने प्रधानाध्यापक सिंहले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार